टुहुरी समीक्षाको शैक्षिक जिम्मा लिदैं एक लाख ५७ हजार सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक । केही साता अघि बुबा गुमाएकी सुनकोशी गाउँपालिका-६ थुम्पाखरकी १० बर्षीया बालिका समीक्षा बस्नेतको बिद्यालय शिक्षाको सम्पूर्ण शैक्षिक जिम्मा वडाध्यक्ष राम कुमार थापाले लिएका छन् ।

वडाध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा समीक्षाको परिवारलाई वडाध्यक्ष थापाले एक लाख ५७ हजार नगद पनि सहयोग गरेका छन् । स्थानीय बिद्यालय कक्षा ४ मा अध्ययनरत समिक्षालाई वडाध्यक्ष थापाले राजधानीको शान इन्टरनेशनल बिद्यालयमा भर्ना गरिदिएका छन् ।

टुहुरी बालिका समीक्षालाई राजधानीको सुबिधा सम्पन्न बिद्यालयमा कक्षा १० सम्म निशुल्क शिक्षा दिलाउने वडाध्यक्ष थापाले जानकारी दिएका छन् ।

अत्यन्तै गरीबीको रेखामूनि रहेका ३६ बर्षीय नेत्र बहादुर बस्नेतको एपेन्डिससाइटिसका कारण असामयिक निधन भएपछि उनको परिवार पीडामा रहेको छ । नेत्र बहादुर गाडी चालक थिए । गरीबीको कारण लकडाउन पछि गाडी चलाउदाँ-चलाउदैं उनको एपेन्डिससाइटिस भई मृत्यु भएको थियो । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाई रोकिने अबस्था थियो ।

नेत्र बहादुरको मृत्युले उनको परिवारको सर्वश्व गुमेको थियो । वडाका नागरिकको पीडामा मल्हम लगाउन उक्त सहयोग गरिएको वडाध्यक्ष थापाले जानकारी दिएका छन् । थुम्पाखर एकता समाजका सदस्य तथा समाजसेवी, व्यवसायी तिर्थ भण्डारीको पहलमा बिदेशमा रहेका रमेश बस्नेतले ५० हजार पाँच सय नगद समीक्षाको परिवारलाई पठाएका थिए ।

एक लाख ६ हजार थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारी, पूर्व अध्यक्ष दिपेश भण्डारी, कोषाध्यक्ष हरि कार्की, श्वेता फाउण्डेशनका सचिव दिपक कार्की लगायतका एकता समाजका पदाधिकारीहरुले नगद संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button