मेलम्ची बाढीले बगायो थप तीन घर

काठमाडौं– अविरल वर्षासँगै गएराति मेलम्ची खोलामा आएको बाढीले थप तीन घर बगाएको छ। मेलम्ची नगरपालिका–६ नेपाने बगरमा तीन घर बगाएको स्थानीय भीमसेन थापाले बताए।

नेपानेका स्थानीय कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको उनले बताए। खोलामा बहाव बढेसँगै थप घर र बाटोसमेत जोखिममा रहेको स्थानीयको भनाय छ।

यसअघिकै बाढीले जोखिममा रहेका ती घरमा मानिस र सामान भने नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

गत असार १ गतेपछिको बाढीका कारण हलसम्म १११ घरटहरा बगाइसकेको छ। गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको मृत्यु भएको छ। हालसम्म छ जना घाइते भएका छन् भने २० जना बेपत्ता छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button