षडयन्त्रपूर्ण ढंगबाट एमाले विभाजित गराइयो : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले षडयन्त्रपूर्ण ढंगबाट एमाले विभाजित गराइएको आरोप लगाएका छन।

वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि बिहिबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले चुनावमा बहुमत ल्याइ छाड्ने चुनौती दिए।

उनले भने “सबैले सुन्ने गरी भनिदिन्छु– अबको चुनाव एमालेको चुनाव हो, अरुले छेउमा बसेर हेरे हुन्छ”। यस्तै अध्यक्ष ओलीले देउवा सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे। उनले आफू लाग्ने हो भने १० प्रतिशत समेत पुर्‍याउन नसक्ने बनाइदिने दावी समेत गर्न भ्याए।

सरकारको अध्यादेशको विरोधमा निस्किएका प्रर्दशनकारी माथि दमन भएको भन्दै सरकारले नेकपा एमालेमाथि तानाशाही, गौर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी समेत दिएका थिए।

यस्तै अध्यक्ष ओलीले नेपाली काँगेस लगायतका पार्टीसँग विकासको कुनै विचार नै नरहेको दाबी गरे। कोही जनतामा स्थापित हुन खोजे उनीहरु मात्र चरित्र हत्यामा उत्रिने गरेको आरोप समेत लगाए। उनले भने-‘अरुको त कुरै नगरौ माधव नेपालले सुखी नेपाल समृद्ध नेपाल कहिल्यै भनेनन्’।

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा आफ्ना कार्यकर्ता बुधबार सडकमा उत्रेकोमा लाठी चार्ज भएको भन्दै ओलीले आक्रोश व्यक्त गरे।

उनले भने, ”हिजो विद्यार्थीहरुमाथि बर्बर दमन भयो, माधव अधिकारवादी कहाँ छन् ? नागरिक समाजका अगुवा हौं भन्नेहरु किन बोल्दैनन् अहिले?”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button