अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।

त्यसैगरी काठमाडौं उपत्यकाका भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button