बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा शर्मालाई नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदको विहीबारको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसको आधारमा संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रपति कार्यालयले बागमती प्रदेशको प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाइलाई मन्त्रिपरिषदको निर्णयअनुसार पदमुक्त गराइएको समेत जानकारी दिएको छ ।




