बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्नुभयो ।सो घटनाबारे छानबिन गर्न गठिन समितिले दोषी ठहरयाएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको तर तल्लो तहका प्रहरी कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप उहाँको आरोप लगाउनुभयो ।

साथै आर्थिक अनियमताको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका व्यक्ति मन्त्रीका रुपमा बहाल रहेको विषयबारे पनि संसदको ध्यानाकर्षण गर्नुभयो ।

लुम्बिनीको रामग्राम क्षेत्रलाई निजी कम्पनीलाई भाडामा दिने गरी अघि बढाइएको प्रक्रियाबारे पनि गम्भीर छानबिन गरिनुपर्ने उहाँको माग थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले बालकुमारी घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले उक्त घटना घट्नुमा भौतिक पूर्वाधार मन्त्री जिम्मेवार रहेको निष्कर्ष निकालेको बताउनुहुँदै कारबाहीको माग गर्नुभयो ।

सरकारले आर्थिक अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्दा सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु अनुसन्धानका लागि तयार रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटको जग्गा भाडा प्रक्रियासम्बन्धी विषय संसदमा उठाउनुभयो । उक्त जग्गा भाडामा लगाउँदा सबै खरिद प्रक्रिया पूरा भएको दावी गर्नुभयो ।

सांसद प्रेम सुवालले सांसदहरुको विदेश भ्रमणका क्रममा हुने खर्च सरकारले स्वयम् बेहोर्नुपर्ने र अन्य मुलुक तथा राजदूतावासको रकममा भ्रमणमा जान रोक लगाइनुपर्ने बताउनुभयो  त्यस्तै, विभिन्न भ्रष्टाचारका घटनामा दोषीलाई कारबाही गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।

आजको बैठक शुरु हुनेबित्तिकै प्रतिपक्षका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बोल्न समय उपलब्ध गराउनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button