रास्वपा सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार

पोखरा – पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्वोधन थालेको ५ मिनेटमात्र भएको थियो । उनी देशैभरि कलकारखाना बन्द भइरहेको, सटरहरु बन्द भइरहेको, व्यवसायी पीडामा रहेको बताइरहेका थिए

त्यही बेला दर्शन दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भयो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समाते । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरे ।

‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ, मलाई दिएको फूलमध्ये सबैभन्दा बढी मगमगाउने फूल दिएर उहाँलाई घर पु¥याइदिनुहोला’ रविले भने, ‘सुरक्षाकर्मी साथीहरु मैले यतिञ्जेलसम्म विन्ति गरें, देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएका आधारले तपाईंलाई आदेश दिँदैछु कि साथीलाई सकुशल घर पु-याइदिनुस् । यत्ति अधिकार मलाई दिनुहोला ।’

रविले आफूलाई लक्षित गरी हानिएको मकैको खोया मगाए । त्यही खोया देखाएर जनताको ढुंगा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएको बताए । अनि पोखरामा भएको सहकारीको समस्याबारे बोले ।

उनले कुनै पनि अपचलनमा आफू सहभागी नभएको स्पष्टीकरण दिए । किनकी जीबी राई नेतृत्वको मूहले खोलेको सूर्यदर्शन सहकारीले सार्वसाधारणको रकम अपचलन गरेको छ । र, राजनीतिमा आउनु अघि रवि एउटा टीभीमा थिए, जसमा जीबी राई र उनको समूहको लगानी थियो । शनिबार रविमाथि खोया प्रहार गर्ने व्यक्ति सूर्य दर्शनको बचतकर्ता भएको चर्चा भएपनि प्रहरीले इन्कार गरेकोे छ ।

रविले कास्की प्रहरी प्रमुख एपी मोहन थापालाई फोन गरेको भिडियो समेत सार्वजनिक गरेका छन्, जसमा कास्की प्रहरी प्रमुख थापाले पक्राउ परेका व्यक्तिलाई मिडियाकर्मीसँग भेट्न नदिइएको र उनी सहकारी पीडिट पनि नभएको दाबी गरेका छन् ।

कास्की प्रहरी प्रमुख थापाका अनुसार रास्वपा सभापति रविमाथि मर्कैैको खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाट हुन् । रानाभाटलाई हिरासतमा राखेर उनको विषयमा अनुसन्धान भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button