माधव नेपालले भने, ‘नेतृत्व हस्तान्तरण भए निःसर्त फर्कन्छु’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) पार्टी घोषणा गरेका माधवकुमार नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेसँग निःसर्त पार्टी एकताको सन्देश दिएका छन् ।

चन्द्रागिरि रिसोर्टमा आफूनिकट नेताहरूसँग बैठक बस्नुअघि विगतमा आफूसँग रहेका एमालेका नौ स्थायी कमिटी सदस्यहरूलाई बोलाएर आगामी १०औँ महाधिवेशनबाट ७० वर्षे उमेरहद हटाए आफू निःसर्त एकता गरी एमालेमा फर्कने बताएका हुन् ।

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्ने अडानमा रहेका नेपाल केपी ओलीले माधव नेपालविनाको पार्टी चाहेको भन्दै तत्कालका लागि एकताको ढोका बन्द भएको पनि बताएका छन् ।

नेपालको यो सन्देशलगत्तै विगतमा आफूसँग रहेका नेताहरू भीम रावलदेखि घनश्याम भुसाल हुँदै रघुजी पन्तसम्मका नेताहरू ओलीसँग १० बुँदे सम्झौता कार्यान्वयन गरेर तत्कालका लागि एमालेमै रहने निष्कर्षमा पुगेका हुन् । उनीहरूले अब पनि पार्टीको विधान अधिवेशनमै ७० वर्षे उमेरहद हटाउन लबिङ गर्ने भएका छन् ।

नेता नेपालले ७० वर्षे उमेरहद हटेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भए हाल ओलीलाई साथ दिँदै आएका जुनसुकै नेतालाईसमेत नेता मानेर एकता प्रक्रियामा फर्कने प्रतिवद्धता जनाउँदै नयाँ पार्टी गठनको अभियान पनि सँगसँगै तीव्र पारेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button