सडक विस्तारमा अवरोध नपुर्याउन आग्रह : मीना कुमारी लामा

हेटौँडा- हेटौँडा उप-महानगरपालिकाका प्रमुख मीना कुमारी लामाले सडक विस्तारमा अवरोध नपुर्याउन आग्रह गरेकी छिन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।
बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् । हाल सडकको दायाँ बायाँ २५ गज सडक बिस्तार गर्न लागिएको छ ।
सर्वोच्च अदालतले सडक विस्तार गर्ने गरी फैसला गरेको भन्दै उप-प्रमुख लामाले फैसला कार्यान्वयन हुने बताइन् ।
“सडक साँघुरो भएकाले दुर्घटना बढिरहेका छन्, ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ”, उनले भनिन्, “सडकका कारण हामीले गरेका राम्रा काम छाँयामा परेको अवस्था छ ।”
उनले सडक विस्तार नगर्न धम्की आएको बताउँदै सबैले सडक बिस्तारका लागि सहयोग गर्न आग्रह गरिन् ।




