संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।

शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने उनको भनाई थियो ।

बुधवार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताए । तत्कालीन द्वन्द्वरत पक्षहरू गम्भीर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी काम अझै टुंगोमा पुग्न नसकेको बताए ।

अध्यक्ष यादवले शान्ति पक्रियालाई टुंगोमा पुर्याउन बेपत्ता छानबिन आयोगको कामलाई पनि छिटो अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button