वामपन्थी लोकतान्त्रिक शक्तिहरु सहकार्य गर्नेछौं : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले वामपन्थी लोकतान्त्रिक शक्तिहरु सहकार्य गर्ने बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले वामपन्थी र लोकतान्त्रिक गठबन्धन अगाडि बढोस् भन्ने चाहेको पनि बताए।
‘अहिलेको सत्ताधारी पार्टी नेपाली कांग्रेस, गठबन्धको नेकपा माओवादी केन्द्र, र त्यसैगरी जनता समाजवादी पार्टी सबैसँग हामी सहकार्य गर्नेछौं। सत्ताभन्दा बाहिर भएका अरु वामपन्थी लोकतान्त्रिक शक्तिहरुसँग पनि हामी सहकार्य गर्नेछौं। हामी चाहन्छौं, यो वामपन्थी लोकतान्त्रिक गठबन्धन अगाडि बढोस्’, उनले भने।
अध्यक्ष नेपालले नवौं महाधिवेशनले अघि सारेको सुखी नेपाल र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने हिसाबले आफूहरु अगाडि बढ्ने बताए। ‘पार्टीको नवौं महाधिवेशनको राजनीतिक दिशालाई अहिलेको परिस्थिति अनुसार परिमार्जन गर्दै हामी अगाडि बढ्नेछौं’, उनले भने।


