काठमाडौंमा ‘स्मार्ट लकडाउन’ : विद्यालयबाहेक सबै क्षेत्र खुला, चाडपर्व मनाउन छुट

काठमाडौं । जिल्ला प्रशासनले कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुनेगरी भदौ मसान्तसम्म थपिएको निषेधाज्ञा खुकुलो पारिएको हो।

जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा विद्यालयबाहेक अरु क्षेत्र स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न अनुमति दिइएको छ। चाडपर्व मनाउन छुट दिइएको छ।

प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक भिडभाड गर्नबाहेक अन्य क्षेत्र खुला गरेको हो। पछिल्लो निषेधाज्ञामा चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन भनिएको छ।

त्यसैगरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ।

स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्मबाहेक गर्न पाउने भनिएको छ। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भनिएको छ। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण दर स्थिर रहेकाले निषेधाज्ञा केही खुकुलो बनाइएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button