प्रधानमन्त्री प्रचण्ड-कांग्रेस देउवाबीच भेटवार्ताः संसदीय समिति बनाउनेबारे दुवै पक्ष सकारात्मक

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखकसहितका नेताहरु सहभागी थिए ।

छलफलपछि कांग्रेसका प्रमुख सचेतक लेखकले सहकारी ठगी प्रकरणमा कांग्रेसकै माग बमोजिम संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताए । साथै, प्रधानमन्त्रीले संसद्को गतिरोध चाँडै अन्त्य होस् भन्ने पनि चाहना राखेको उनको भनाइ छ ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button