देशमा नयाँ राजनैतिक नाटक शुरु : राजीनामा नदिने प्रम प्रचण्डको अडान यथावत्

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएपछि सत्ता हस्तान्तरण लम्बिने सङ्केत देखिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार मध्यराति संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने नयाँ राजनैतिक नाटक शुरु भएको छ ।

कांग्रेस र एमाले बीचको नयाँ समीकरणपछि दबाबमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, बरु संसदमा विश्वासको मत लिने रणनीति बनाउनु भएको छ ।

सरकारमा सहभागी दल बाहिरिएको ३० दिनसम्म विश्वासको मत प्राप्त गर्ने सुविधा संविधानले दिएकाले प्रधानमन्त्रीले ‘प्रचण्ड’ ले यसलाई सदुपयोग गर्न लाग्नुभएको हो ।

अर्को सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि तत्काल सरकार नछाड्ने बताएको छ । सम्भावित अन्य राजनीतिक समीकरण जुटाउने प्रयासस्वरूप माओवादी र रास्वपा सरकारको आयु लम्ब्याउने रणनीतिमा छन् ।

अहिले प्रतिनिधिसभामा माओवादी केन्द्रसँग ३२ र रास्वपासँग २१ सिट छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

तर, प्रचण्डले दुवै नेतालाई राजीनामा नदिने बरु संसदमा विश्वासको मत लिने जवाफ दिनुभएको छ । यसैबीच सोमबार मध्यरातमा नेकपा एमाले अध्यक्ष के.पी. शर्मा ओली र कांग्रस सभापति शेरबहादुर देउवा बीच सत्ता समिकरणबारे सहमति भएको हो ।

कांग्रेस एमाले आलोपालो सरकार चलाउने नयाँ सहमति पछि सत्ता राजनीति तर्गित बनेको छ । संसदमा प्रतिनिधित्व गर्ने सत्ताधारी र बिपक्षी सबै दलहरू सक्रिय भएका छन् ।

ती दलहरू अब राष्ट्रिय सरकार बन्ने हल्ला र कांग्रेस एमाले सहमति पछिको राजनीतिक अबस्थामा निर्वाह गर्नु पर्ने दायित्व तथा भूमिकाको बारेमा छलफलमा ब्यस्त भएका छन् ।

नेताहरू दिनको उज्यालोमा महत्वपूर्ण सहमति नगरि मध्यरातीमा सहमति गरेपछि सर्वसाधारण जनताले यस्तो सहमतिलाई जड्या सहमति भन्न थालेका अपर्ण साप्ताहिकमा उल्लेख छ ।

यस अधि पनि दलहरूले गरेका सहमति पूरा अबधि पालना नगरि बीच मै भंग गर्ने गरेको अवस्थामा यो सहमति पनि टिकाउ नहुनेमा आम सहमति पाईन्छ ।

उता, प्रम प्रचण्डले तत्काल राजीनामा नदिई संससदमा बिश्वासको मत लिने नीति बनाए पछि प्रचण्ड नेतृत्वको सरकारप्रति अबिश्वास गर्नेहरू बिश्वासको मत समय सिमा ३० दिन कुर्नै पर्ने स्थितिले राजनीति पेचिलो हुँदै गएको देखिन्छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button