संसद् अवरोधको बदलामा आगामी चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले अहिले गरेको संसद् अवरोधको बदलामा आगामी चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

कांग्रेसलाई आफूले पटक पटक सहयोग गरेको तर संविधानअनुसार आफूले विश्वासको मत लिने बेला अवरोध गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्ने क्रममै कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

विश्वासको मत पाएर संसद भवनबाट बाहिरिँदै गर्दा संचारकर्मीले कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने ? भनेर सोधेको प्रश्नमा दाहालले भने, आउँदो चुनावमा कांग्रेसले देख्छ ।

दाहालले नेपालमा मात्र होइन विश्वमै रेकर्ड बनेको भन्दै आवश्यक परे १०–१२ वटा विश्वासको मत लिन्छु उनले भने । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ ।

साथै दाहालले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ । विपक्षी दलहरुले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षीहरुले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको बताए ।

नेपालको संसदीय अभ्यासमा संसद् विपक्षको हुन्छ भन्ने स्थापित मान्यता रहेको भन्दै उनले भने तर आज सम्माननीय सभामुखले विपक्षी दललाई पनि बोल्न दिनुभएन ।

सभामुखले विपक्षी दललाई बोल्न नदिनुको पछाडि सत्ता पक्षको बहमुतको दम्भ र निरंकुशताको मनोवृत्ति छ उनले अगाडि भने । प्रमुख सचेतक लेखकका अनुसार संसदीयदलको बैठकले संसदीय मूल्यमान्यता विपरीत नजान सरकारलाई चेतावनी दिएको छ ।

संसदीय छानबिन समिति बनाउने सहमति भएर कार्यादेशमा छलफल चलिरहेको र संविधान बमोजिम विश्वासको मत लिने समय पर्याप्त रहेको भन्दै उनले भने, सरकारले अवरुद्ध संसद्को बिचमा बहुमत सिद्ध गर्ने नाटक गर्यो, अत्यन्त दुःखदायी घटना हो ।

संसदलाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिनु खेदजनक भएको कांग्रेसले बताएको छ । संसद्को सोमबारको बैठकमा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको कांग्रेसको ठहर गरेको छ ।

कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रुपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने । बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button