ओलीले भने- ‘एमाले फुटेको होइन, माधवले अहंकार पालेर बसेका कारण चोइटिएर गएको हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको नभइ माधवले अहंकार पालेर बसेका कारण चोइटिएर गएको बताएका छन् ।

शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

हालै भएको पार्टी विभाजनबाट ओलीले रुखबाट पात खसेको संज्ञासमेत दिए । यस्तै अध्यक्ष ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको आरोप समेत लगाएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई लक्षीत गर्दै उनले भने, ‘नेताहरुले अहंकार पालेर बसेका कारण चोइटिएर गएको हो, हाम्रो पार्टीका कार्यकर्ताले म म भन्दैनन।’

ओलीले नेता नेपालको अहंकारले उनी नै खरानी भएर गएको बताए। अध्यक्ष ओलीले नेपाललाई नर्कबाटो हिडेको भन्दै केही विग्रिएका मान्छेहरुले छाडेको टिप्पणी पनि गरेका छन् । ‘यसले मान्छेलाई खरानी पारेर, टुक्र्याएर लग्यो । म भन्ने अहंकारको भावना छाडौं। माधव नेपाल जाने बाटो नर्कको हो। माधव नेपालले हिँडेको बाटोमा कोही पनि नजानु, त्यतातिर नलाग्नु।’

उनले अगाडी भने, ‘मैले दुनियाँमा यस्तो नेता देखेको छैन, जसले म फलाना हो, म कार्यकर्ता होइन, म नेता हो भनिरह्यो । सुन्दा सुन्दा कान टट्टाएर थाकेको थिएँ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button