धुलिखेल–पाँचखाल सडक अन्तर्गत तीनपिप्लेमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडक अन्तर्गत तीनपिप्लेमा गएराती पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।
राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रुहरु सकडमै रोकिएर अलपत्र परेका छन् । केहीदिन यता मुलुकका धेरैजसो स्थानहरुमा अविरल वर्षा भैरहेको छ ।
लगातारको वर्षाका कारण बाढी, पहिरोको जोखिम उच्च रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।




