सरकारलाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै
आजको बैठकमा सरकार विस्तार र पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने भएको छ । यसअघि हिजो दुई चरणमा भएको भेटवार्तामा पनि सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) को हिजो बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको थियाे । त्यस्तै, जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको छ ।
गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको छ ।



