यस्तो छ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन

नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ। पार्टी विभाजनपछि पहिलो पटक जारी गरिएको अन्तरपार्टी निर्देशनमा दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ। यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशनमा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको हो ।

निर्देशनमा भनिएको छ, पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button