जनकपुरका २ यूवाहरुको भारतको बिहारमा अपहरणपछि हत्या

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरका २ यूवाहरुको भारतको बिहार राज्यमा अपहरणपछि हत्या गरिएको छ ।

जनकपुर उपमहानगरपालिका ८ बस्ने वर्ष २५ का रोहित शाह र वडा नं. १३ मा बस्ने वर्ष २२ का विष्णु शाहको अपहरणपछि हत्या गरी भारतको सितामढीको पर्सा गाउँ नजिक चउरमा फालिएको अवस्थामा फेला पारिएको हो ।

दुबै मृतक यूवा केही समय अघि आफन्तको घर विहारमा गएका थिए । अपहरणकारीले फिरौतीस्वरुप ५० लाख माग्दा परिवारजनको तर्फबाट २० लाख दिन राजी भएका थिए तर परिवारजनले रकमान्तर गर्न नेपालको महोत्तरीको मलंगवा क्षेत्रमा बोलाउँदा अपहरणकारी र परिवारजनसँग समर्पक नभएपछि हत्या गरेर फलिएको अवस्थामा शव फेला परेको थियो ।

मृतकको शवलाई कानुनी कार्य पुरा गरी नेपालतर्फ ल्याउन नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button