बागमतीका ३२ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं– बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।

बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको संख्या छ लाख १५ हजार ६६६ रहेको मन्त्रालयको तथ्यांक छ। प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म ३३ लाख ६४ हजार १०६ जनाले कुनै पनि खोप नलगाएको मन्त्रालयको भनाइ छ।

देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा लगाउनेको संख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको मन्त्रालयको तथ्यांक छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button