वाइसिएलको संयोजकमा देवकोटा चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा मंगलवार बसेको वाइसिएल केन्द्रीय समितिको बैठकले सहसंयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ।

वाइसिएलको अघिल्लो साता सम्पन्न राष्ट्रिय भेलाले केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो। सङ्गठनलाई थप गति दिने लक्ष्यका साथ आगामी फागुनमा पुनः राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत आजको बैठकले गरेको वाइसिएलले जनाएको छ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक, सामाजिक क्षेत्रमा युवालाई रचनात्मकरूपले परिचालन गरी समाजवाद स्थापनाको लक्ष्यमा लाग्न निर्देशन दिए।

राजनीतिक परिवर्तनमा युवाले देखाएको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रतिगमनकारी प्रवृत्ति परास्त भए पनि पूर्णरूपमा परास्त नभएकाले त्यसविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए। वाइसिएलको केन्द्रीय समिति २३१ सदस्यीय रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button