सर्वदलीय बैठक बस्दै

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । नेकपा एमालेले बारम्बार संसद अवरुद्ध गरेपछि सभामुखले आइतबार सर्वदलीय बैठक आव्हान गरेका थिए ।

दिउसो २ बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा सभामुखले संसद अवरुद्धका विषयमा सहमति खोजिने सभामुखको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकिकृत समाजवादी) संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकप् दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङदेनलाई उपस्थितिका लागि पत्राचार गरिएको छ।

प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पार्टीले कारवाही गरेका १४ जना सांसदको नाम सभामुखले टाँस नगरेको भन्दै विरोध जनाउँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button