जनगणनाः आजबाट घर तथा घरपरिवारको सूचीकरण गरिँदै

काठमाडौं । आजबाट घर तथा घरपरिवार सूचीकरणको काम सुरु गरिंदैछ । राष्ट्रिय जनगणनाका लागि सरकारले आजबाट घर तथा घरपरिवारको सूचीकरण कार्यको सुरु गर्न लागेको हो ।

आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुँदैछ। यही प्रयोजनका लागि सरकारले घर तथा घरपरिवार सूचीकरणको काम सुरु गर्न लागेको हो।

यसका लागि सबै तयारी पूरा भएको र आजबाट काम सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यसका लागि आवश्यक कर्मचारीहरुलाई सुपरिवेक्षण तालिम दिइसकिएको छ।

कोरोना भाइरस महामारीका कारण यसअघि नै गर्ने भनिएको जनगणना स्थगित गरिएको थियो। संक्रमण कम हुन थालेपछि जनगणनाको काम सुरु गर्न लागिएको विभागले जनाएको छ ।

यस पटक गर्न लागिएको जनगणना १२औं जनगणना हो। नेपालमा वि.सं. १९६८ देखि जनगणना सुरु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button