लियो क्लब अफ एन्ट्रप्रनेर नेपालद्वारा पुरस्कार वितरण तथा नेतृत्व हस्तान्तरण सम्पन्न

काठमाडौं । शनिबार काठमाडौंको मध्यबानेश्वरको एक सभाहलमा भव्यताका साथ लियो क्लव अफ एन्ट्रप्रनेर नेपालको स्थापना पुरस्कार र नेतृत्व हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

प्रमुख अतिथि पूर्वमन्त्री कर्ण बहादुर थापाले देशको विकासका लागि युवावर्गको आवश्यकता औल्याउँदै युवाको भूमिकाबारे आफ्नो विचार राख्नुभएको थियो । ठूलठूला गफ भन्दा सामूहितामा रहेर काम गर्ने युवाहरुले नै देश विकास गर्नेमा थापाले जोड दिनुभयो । युवाहरुलाई प्रोत्साहन गर्नका लागि राजनीतिक पार्टीहरुले पनि काम गर्नुपर्ने पूर्वमन्त्री थापाले बताउनुभयो ।

न्याय, समानता र समृद्धि नै आजको मुख्य मुद्वा रहेको र युवावर्गले यसका लागि निरन्तर लाग्नुपर्ने थापाले बताउनुभयो । हल्लाहरुको पछाडि नलागेर सत्यतथ्य बुझ्ने र अध्ययन गर्ने बानीले नै समाजमा परिवर्तन ल्याउने कुरा बताउँदै परिवर्तन गर्न खोजेको कुरालाई राम्रोसँग बुझ्न आवश्यक रहेको थापाले बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका युवा नेता थापाले युवाहरुमाझ सुझाव र सन्देशमुलक कुराहरु राख्नुभएको थियो ।

कार्यक्रममा क्लवको नेतृत्व समेत हस्तान्तरण गरिएको थियो । लियो क्लव अफ एन्ट्रप्रनेर नेपालका संस्थापक अध्यक्ष विष्णु बि।क ले नयाँ अध्यक्ष सिकेन्द्र प्रसाद गुप्तालाई नेतृत्व हस्तान्तरण गरेका हुन् । अध्यक्ष बनेका सिकेन्द्रको कार्यकाल अवधि १ बर्षको हुनेछ ।
सबैलाई स्वागत गर्दै कार्यक्रममा स्वागत मन्तव्य सिकेन्द्र प्रसाद गुप्ताले राख्नुभएको थियो । कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि भएको थियो । अस्मिता खरेल, आस्था ढकाल, अंगिता ओझा, एलिशा खरेल, मीना शाह, फुलकुमारी कुलुङ लगायतले नृत्य गरेर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व उद्योगमन्त्री कर्ण बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता विष्णु बिक ले गर्नुभएको थियो भने कार्यक्रममा बिशेष अतिथि जिल्ला गभर्नर अनुप पहरी हुनुहुन्थ्यो ।

अतिथिमा युवा तथा विद्यार्थी नेता सन्तोष जोशी, गिरिश ठगुन्ना र लियो क्लव अफ एन्ट्रप्रनेर नेपाल र लायन्स क्लवका विभिन्न तहमा आवद्व प्रतिनिधिहरु कुश मल्ल, अनिश लामिछाने, कुवेर पाठक, एमडी न्यौपाने, सुदिप कोइराला, सौरन रिजाल, बिक्रम अर्याल पुरी, अस्मिता लामिछाने, संजय विक्रम अधिकारी, सुशिल महतो, सरोज महतो, संजय कुमार कुशवाह, सागर पाण्डे, प्रतिक लम्साल, ललन महतो, सुरज ओली, समिर पुडाशैनी, पूजा बिष्ट, स्मृती कुँवर, मातृका कोइराला, एलिसा खरेल, मञ्जु पराजुली लगायतको उपस्थित रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button