घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गरिने: शिक्षामन्त्री सुमना श्रेष्ठ

काठमाडौँ – शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने र  गम्भीर तथा घातक रोग लागेर उपचाररत बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  जनाएको छ ।

शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री श्रेष्ठले सबै काज फिर्ता गर्ने गरी निर्देशन दिनुभएको थियोे ।

मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button