केपी ओली नेपाली राजनीतिकै ‘सबैभन्दा चतुर खेलाडी’ : पूर्वराजदूत रञ्जित रे

काठमाडौँ । नेपालका लागि पूर्वराजदूत रञ्जित रेले भर्खरै ‘काठमाडौँ डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइज’ नामक पुस्त प्रकाशन गरेका छन् ।

उनको पुस्तकमा धेरैजसो नेपाल, भारत र चीनको चर्चा गरिएको छ । पुस्तकमा त्योभन्दा पनि बढी नेपाल–भारत सम्बन्ध र आफ्नो कार्यकालमा नेपालका नेतृत्व तहका नेता तथा पूर्वप्रधानमन्त्रीहरुको चर्चा पनि समेटिएको छ ।

पूर्वराजदूत रेले नेपालको पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, पुष्पकमल दाहाल‘प्रचण्ड’, माधवकुमार नेपाल र केपी शर्मा ओलीप्रति आफूले व्यक्तिगत रुपमा वा कूटनीतिक रुपमा भेट्दाको चारित्रिक विशेषताको चर्चा उनले गरेका छन् ।

सूर्यबहादुर थापाको प्रधानमन्त्रीकाल नेपाल–भारत सम्बन्धको सबैभन्दा उर्बर काल भनेर उनले पुस्तकमा उल्लेख गरेका छन् । उनले पुस्तकमा लेखेका छन्,“(२००३ जुन–२००४ जुन) नेपाल–भारत सम्बन्धको सबैभन्दा उर्बर थियो ।” पूर्वप्रधानमन्त्री एव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई अन्य नेताहरुको तुलनामा ‘सामान्य जीवनशैली’ भएको नेता भनेर उनले चर्चा गरेका छन् । उनले प्रचण्ड सबैलाई रिझाउने र आफ्नो काम गरेर लाभ लिने नेताको रुपमा पुस्तकमा चर्चा गरेका छन् ।

पूर्वराजदूत रेले माधव नेपाललाई भने एमालेका महासचिव रहेका बेला नेपालको शान्ति प्रक्रियामा अहम् भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् । उनले वर्तमान अध्यक्ष ओलीसँग तुलना गर्दै नेपालाई भनेका छन्,“ओली कहिल्यै संलग्न नरहेको र बरु तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको संलग्नता रहेको थियो ।”

त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई भने नेपाली राजनीतिकै ‘सबैभन्दा चतुर खेलाडी’ भनेर भनेका छन् । उनले राष्ट्रवादलाई प्रमुख मन्त्र बनाएर लोकप्रियता र नेपाली जनताको भावन जितेको उल्लेख गरेका छन् । महाकाली सन्धि भएयता ओली भारतको सबैभन्दा निकट मित्र भएपनि पछिल्लो समय ओली राष्ट्रवादी ओहोदाका भएको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय नेपालमा राष्ट्रवादको भावना चर्को रुपमा बढेको उनको दाबी छ । पहिलो राष्ट्रवादी सोच र भावनाकै बीच फुटबल म्याच खेल्न भारतबाट आएका खेलाडीलाई दशरथ रंगशालाका दर्शकले ‘धोती’ भनेको र ‘बुद्ध नेवालमा जन्मिएका हुन्’ उनले भनेका छन् ।

सोही राष्ट्रवादको अभियान काठमाडौँमा चलिरहँदा कतिपय समय सार्वजनिक समारोहमा आफू जानै नसकेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । साथै उनले गौतम बुद्ध नेपालमै जन्मिएको स्वीकार्य अभिव्यक्ति पुस्तकमा दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button