‘बाढीपहिरो पीडितको लागि सरकारले थप राहतको व्यवस्था गर्छ’ : प्रधानमन्त्री देउवा

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन् ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताए ।

सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थल करिब आधा घन्टा बिताएका थिए । देशभर बाढीपहिरोको कारण ठूलो क्षति भएको भन्दै उनले सरकारले उचित क्षतिपूर्ति दिने घोषणा गरे ।

प्रधानमन्त्री कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आएका हुन् । प्रधानमन्त्री देउवा भोलि मात्र काठमाडौँ फर्किने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button