राप्रपाले वैदिक सनातन हिन्दू अधिराज्य सहितको ४० बुँदे ज्ञापनपत्र सरकारलाई बुझायो
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, राजसंस्थालाई एकताको प्रतीक, वैदिक सनातन हिन्दू अधिराज्य, धार्मिक, सहिष्णुता र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेसहित ४० बुँदे माग राख्दै सरकालाईलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो । राप्रपाले आफ्ना माग पुरा गर्न देशव्यापी शान्तिपूर्ण आन्दोलनमा उत्रिने जनाएको छ ।


