अपाङ्गता राष्ट्रिय सम्मेलन हुँदै

ललितपुर । नेपाल इसाई अपाङ्गता संजालले फागुण १७ देखी १९ गते सम्म ललितपुरको गोदावरीमा रहेको होटल भ्यू भृकुटीमा अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ गर्ने भएको छ ।

नेपाल इसाई अपाङ्गता संजालको आयोजनामा परमेश्वरको मण्डलीको निमाणः संलग्नता, समावेशिता र प्रेरणा मुल नारा सहित राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलनमा विभिन्न जिल्लाबाट करिब ३०० जनाको सहभागीता हुनेछ ।

सम्मेलनको उद्देश्य मण्डली समुदायभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई निम्ति पहुँच, पैरवी र उत्तम अभ्यासहरुको प्रत्साहन गर्नु रहेको बताइएको छ । यसका साथै मण्डलीका अगुवाहरु, अपाङ्गता भएका व्यक्तिहरु, बाइबलीय विद्वानहरु र विशेषज्ञहरुलाई एकसाथ भेला हुने अवसर प्रदान गरी सिक्ने र सिकाउने तथा आफुले गरिरहेको सेवाकाईको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई संलग्न गराउने र सेवा गर्ने उपायहरु विकास गराउनु रहेको बताइएको छ ।

यस सम्मेलनले विशेषगरी समावेशी मण्डलीहरु, ईश्वरशास्त्र र अपाङ्गता, इसाई नैतिकता र अपाङ्गता, पुनस्र्थापना र समावेशिकरण र परिवार र अपाङ्गताको बिषयहरुमा शिक्षा दिइने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button