राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत,रिक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री आफैले समाल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालयहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राखेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा चार मन्त्रीहरुको राजीनामा स्वीकृत गरी रिक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री आफैले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रचण्डले पाएका छन् ।

राप्रपाबाट मन्त्री बनेका राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेले शनिबार राजीनामा बुझाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button