नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष नेपाल र देउवाको बधाई

काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक समारोहबीच बधाई ज्ञापन गरेका छन् ।

त्यसैगरी नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् ।  ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई’ देउवाले लेखेका छन् । 

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button