समाचार वाचिका ताम्राकारको निधन

काठमाडौं – रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ। बिहीबार राति १० बजे न्यूरो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो। ८६ वर्षीय उनी क्यान्सर रोगले पीडित थिइन्।

२०१८ जेठमा नेपाल एयरलाइन्स ९तत्कालीन आरएनएसी०को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन्।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए। बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button