गायक प्रकाश सपूतमाथि बोतल प्रहार

काठमाडौं – रोमानियामा एक सांगीतिक कार्यक्रमका क्रममा गायक प्रकाश सपूतमाथि बोतल प्रहार भएको हो।
कार्यक्रममा उपस्थितले एक दर्शकले सपूतमाथि बोतल प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । गायक सपूतले कार्यक्रमका दर्शकहरुलाई आफनो गायन प्रस्तुती गरीरहेको बेला कालो टिसर्ट लगाएका यूवाले बोतल प्रहार गरेका थिए । बोतल किन प्रहार गरेको हो भन्ने जानकारी आएको छैन ।
बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ । बोतल प्रहार गर्नेलाई स्थानीय प्रहरीले पक्राउपछि कार्वाही गर्ने तरखरमा गायक सपूतले व्यक्तिगत रुपमा भेटी क्षमादिएको जानकारी आएको छ ।
नेपालका प्रख्यात गायकहरुलाई पटक पटक अन्तराष्टिय सांगितिक कार्यक्रमहरुमा आक्रमण भईरहेको अवस्थामा आयोजकहरुले यस्ता घटनाहरु दोहोरिन नदिन पहिले देखि नै कडा सुरक्षाको निगरानी गर्नुपर्ने देखिन्छ ।




