नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको आरोप

काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले  नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको आरोप लगाएका छन् ।

उच्च अदालत पाटनले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म प्रर्दशनमा रोक नलगाउन अल्पकालिन आदेश दिएको छ । अदालतको लिखित आदेश प्राप्त भएपछि सेन्सर पास भएका भारतीय फिल्म चलाउने तयारीमा चलचित संघ लागेको छ ।

शाहले भारतीय फिल्म चलाउन लगाएको प्रतिबन्धविरुद्ध चलचित्र संघले अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो । अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले यस्तो आदेश दिएको हो ।

तर,  शाहले भने फिल्म चल्न नदिने  र  आफू देशको सार्वभौमिकको सवालमा सम्झौता नगर्ने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button