नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौ – नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ  पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी ठगी गरेको प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो ।

सोही प्रकरणमा आज मात्रै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित हालसम्म १५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button