बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं– बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। मन्त्रालय बाँडफाँटमा लामो समयदेखि नमिलेको कुरा सत्ता गठबन्धनले सहमति गरेपछि मन्त्रिपरिषद् विस्तार भएको हो।

सत्ता गठबन्धन दलको सहमति अनुसार ११ मन्त्रालय रहेको बागमतीमा एउटा मन्त्रालय फुटाएर १२ बनाइएको छ। जसमा कांग्रेसले ६, माओवादी केन्द्रले मुख्यमन्त्री सहित  ४ र एकीकृत समाजवादीले दुई मन्त्रालय पाएका छन्।

आइतबार भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट ४ मन्त्री सरकारमा सहभागी बनेका छन्। नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारले विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका छन्।

यता नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथग्रहण गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button