जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ – काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८० का लागि यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न भनेको छ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी जेठ १६ गतेभित्र विभाग र इमेलमार्फत अनिवार्यरूपले विवरण पठाउन भनेको हो।

‘महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्ने’, सूचनामा भनिएको छ, ‘महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ बमोजिमको छात्रवृत्तिको सोही नियममा उल्लेख भएका प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गरी नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नाम विद्यालयको वेबसाइटमा प्रकाशन गर्ने।’

वडाध्यक्ष र जनप्रतिनिधिलाई यसको अनुगमन गर्न पनि विभागले निर्देशन जारी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button