सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ – प्रतिनिधिसभाको शनिबार राति बसेको बैठकले सरकारले संसदमा प्रस्तुत गरेको  आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गरेका थिए । गत जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । छलफलको अन्तिम दिन हिजो प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

राष्ट्रिय सभाको जेठ ९ गते मंगलबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आज दिउँसो १ बजे बस्दैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button