राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई विजयादशीको टीका लगाइदिने, मर्यादित पोशाकमा आउन आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैँको टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका हुन् । 

दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीका लगाइदिने र अपरान्ह ३ बजेदेखि बेलुका ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button