उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ – नवनिर्वाचित उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । उनलाई हिजो बिहान १० बजे शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।




