प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा मंगलबार दिउँसो ५ बजे सम्बोधन गरेका छन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सफल भएको दाबी गरे । उनले हाइ प्रोफाइलहरुलाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरेका छन् ।

सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण, सुनलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारवाही र अनुसन्धान गरेको बताए ।

उनले देशमा पहुँच होइन विधिको शासन भन्ने मान्यता स्थापित गरेको उनको भनाइ छ। लोकतन्त्रको सर्बिसिङ र सुद्धिकरण भएपछि जनतामा विश्वास बढेको बताए ।

उनले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताए । संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button