प्रधानमन्त्रीले पूर्व-प्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुसँग भारत भ्रमण अघि छलफल गर्ने

काठमाडौँ – भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल हुनेछ।

पहिलो चरणमा दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछन्।

दोस्रो चरणमा कूटनीतिक परामर्शको तयारी गरिएको छ। दिउँसो ३ : ३० बजे पूर्व परराष्ट्रमन्त्रीहरु तय भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button