बालेनको बेल्जियमको भ्रमण स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमण पनि स्वीकृत गरेको छ ।
जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् ।




