नक्कली शरणार्थी प्रकरणमा ‘संलग्न पुर्पक्षका लागि थुनामा

काठमाडौं – जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा ‘संलग्न पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ  । अदालतले २ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको हुनाले रायमाझी र खाँणसहित पक्राउ परेका १८ जना नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

अदालतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिन गरेको कसूरको गम्भिरता र उनीहरुलाई हुनसक्ने सजाय दृष्टिगत गर्दै आरोपितहरुलाई तीन वर्षभन्दा बढी कैद हुनसक्ने र उनीहरुले प्रमाण लोप गर्नसक्ने र भाग्नसक्ने सम्भावना समेत रहेको औंल्याउँदै जिल्ला अदालतले २ जना बाहेक सबैलाई थुनामा राख्न आदेश दिएको हो ।

नक्कली शरणार्थी प्रकरणको घटनामा उनीहरुको पनि संलग्न रहेको भए पनि कसूरको गम्भीरता र संलग्नताको अवस्था हेरेर धरौटी माग गरिएको आरोपितद्वय लक्ष्मी महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख धरौटीमा छाड्न आदेश दिइएको छ ।

उनीहरु शुक्रबार साँझ नै तोकेअनुसार धरौटी बुझाएर रिहा भएका छन् । अरुलाई भने आदेशअनुसार सुन्धारास्थित जगन्नाथ देवल, कारागारमा पठाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button