कोभिडको रोकथाम तथा नियन्त्रणका लागि कोहलपुरमा सचेतनामुलुक अभियान
यमु कडेल, बाँके । कोहलपुरमा “कोरोना महामारी रोकथाम र नियन्त्रण हाम्रो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता” भन्ने मुल नाराका साथ सचेतनामुलुक अभियान सम्पन्न भएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी कोहलपुर जेसिज, जुनियर जेसिज, मेची महाकाली बुहारी सयुक्त आवाज र रेरि बाँकेको सयुक्त आयोजना तथा कोहलपुर नगरपालिका, इ.प्र.का कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा मंगलबार सचेतनामुलुक अभियान सम्पन्न भएको हो ।
सचेतनामुलुक अभियानले कोहलपुरमा प्ले कार्ड बाकेर व्यापक -यालीसहित माक्स बाड्ँदै बजार परिक्रमा गरेका हुन् । बजार परिक्रमा पश्चात कोहलपुर चौराहमा पुगी कार्यक्रम कोणसभामा परिणत भएको हो ।
कोणसभालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले कोहलपुरका अधिकांश विद्यालयहरु नगर शिक्षाको मापदण्ड उलंघन गरी विद्यालय संचालन गर्दै र परिक्षा लिदै आएकाले गर्दा यसबाट विद्यार्थीहरुले जोखिम मोल्नुपरेको बताएका छन् ।
कोविडको तेस्रो लहर पनि सुरु हुन लागेको छ अवस्थामा सडकमा हिड्ने कँयौ व्यक्तिहरु लापरबाहीका साथ हिडिरहेकाले हामीले पनि यसबाट बच्नका लागि समुदायमा सचेतनाका अभियानसहित प्रचार प्रसारमा हिडिरहेको मेयर रावतले बताए । उनले आयोजक प्रती धन्यवाद र सम्मान व्यक्त गर्दै भने, ‘अब तेस्रो लहरले बालबालिकालाई एकदमै जोखिम छ सबैजना मिलेर यसको रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य मापदण्ड पालन गर्नुको विकल्प छैन ।’
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यलय कोहलपुरका प्रमुख राजु भण्डारीले कोराना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले विभिन्न अभियान चाल्दै आएको जानकारी दिनुभयो । साथै यस्ता सचेतनामुलक कार्यक्रममा ट्राफिक प्रहरीले सधै साथ दिने र समन्वय गर्ने ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख भण्डारीले बताए ।
यस्तै कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेका अनुसार जेसिजले यस्तै खालको कार्यक्रम निरन्तर रुपमा जिल्ला र देशव्यापी रुपमा गर्दै आएको बताउनुभएको छ । कोरोना नियन्त्रणका लागि हामीले सुरक्षाकर्मि र सडकमा हिडढुल गर्ने व्यक्तिहरुलाई पनि हामीले स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आएको र दिनदुःखी असहाय निमुखा वर्गहरुलाई समेत राहत वितरण गर्दै आएकोले आगामी दिनमा सचेतना मुलुक कार्यक्रमलाई निरंतरता दिने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
उक्त अभियानमा विभिन्न सामाजिक अभियन्ता, सुरक्षाकर्मी, पत्रकार, संघसंस्थाका प्रतिनिधिहरु, मेयर र कोहलपुर जेसिज, जुनियर जेसिज, मेची महाकाली बुहारी सयुक्त आवाज र रेरि बाँकेका सम्पुर्ण पदाधिकारीहरु उपस्थिति रहेको छ ।


