जिल्ला प्रशासन कार्यालय सिरहाले भोली बिदामा पनि सेवा दिने

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारले सार्वजनिक बिदा दिएको दिन समेत सेवा प्रवाह गर्ने भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गरिने बताए । भोलि बकर ईदका दिन पनि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रका सेवा प्रदान गरिनेछ ।

गृह मन्त्रालयबाट २०७९ चैत्र ०२ को नेपाल राजपत्रमा प्रकाशित सूचना अन्तर्गत सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्थाअनुसार नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रका सेवा सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले जारी गरेको सूचनामा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button