राप्रपाद्वारा ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा नियुक्त गर्ने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा नियुक्त गर्ने निर्णय गरेको छ। यस निर्णय अनुसार, २० जनालाई पार्टीको केन्द्रीय सदस्यको रूपमा छनोट गरिएको छ।

वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको नेतृत्वमा गठन गरिएको छनोट समिति र विभिन्न मापदण्डका आधारमा लिइएका अन्तर्वार्ताका आधारमा १० पुरुष र १० महिला सदस्यलाई पार्टीको केन्द्रीय सदस्यको रूपमा चयन गरिएको छ। यो जानकारी पार्टीका प्रवक्ता र प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले दिएका छन्।

पुरुष सदस्यहरूमा दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इञ्जिनियर गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र, काठमाडौँका समीर शर्मा, र युके प्रवासका डा. डेभिड थापा समावेश छन्।

महिला सदस्यहरूमा धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी इञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२४ काठमाडौँकी आश्माकुमारी केसी, र हुम्लाकी तारा जैसी रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button