सामाजिक एकता पार्टीको चुनावी एजेण्डाः पूर्ण धर्म निरपेक्षतासहितको धार्मिक स्वतन्त्रता

२६ भदौ, काठमाडौं । सामाजिक एकता पार्टीले आसन्न संघ र प्रदेशको निर्वाचनमा आफुहरुलाई भोट दिनहुन सम्पुर्ण नेपालीलाई आग्रह गरेको छ ।
ललितपुरको बागडोलस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी सामाजिक एकता पार्टीले अल्पसंख्यक, सिमान्तकृत र सबै उत्पीडित वर्गको पक्षमा आफनो पार्टी रहेकोले आसन्न निर्वाचनमा आफुहरुलाई एकपटक मौका दिन आग्रह गरेको हो ।
चुनावी एजेण्डामा सबै जाति, भाषा, धर्म र समुदायको अधिकार सुनिश्चित गर्न, पारदर्शी सुशासन, भ्रष्टाचारमुक्त नेपाल, सबै जाति, भाषी, वर्ण, लिङ्गका धार्मिक सांस्कृतिक अधिकारको सुनिश्चतता गर्दै मानवमानव बिचको सबै प्रकारका विभेदको अन्त्य र समतामूलक समाजको निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख छ ।
मुख्यगरी सामाजिक एकता पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण धर्म निरपेक्षता, संघीयता र पूर्ण समानुपातिकता तथा समावेशीताको पक्षमा रहेको पार्टीका महासचिव विदूर अधिकारीले जानकारी दिनुभयो ।
यही मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आफुहरुलाई आमनागरिकको पूर्ण समर्थन रहनेमा आफू विश्वस्त रहेको पार्टीका अध्यक्ष चरी बहादुर गहतराजले बताउनुभयो । उनले सामाजिक एकता पार्टीलाई हर प्रकारले साथ र समर्थन दिन समेत आम जनसमुदायमा अपिल गरेका छन् ।
सामाजिक एकता पार्टीले हाल चुनाव लक्षित प्रदेश तथा जिल्ला भ्रमणलाई तिव्रता दिईरहेको छ । स्रोत साभारः रातोपाटीन्यूज डट कम



