कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापा पदमुक्त भए

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापा पदमुक्त भएका छन् । सवोच्च अदालतले उक्त प्रदेशनमा नयाँ सरका बनाउन आदेश दिएको छ ।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सांसद थापाले सभामुख गौतमसहितको हस्ताक्षर लिएर ४७ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले पनि उक्त दाबीकै आधारमा थापालाई २१ असारमा मुख्यमन्त्री नियुक्त गरिदिएका थिए । तर, उक्त कदम अवैधानिक भएको भन्दै नेकपा एमालेबाट निर्वतमान मुख्यमन्त्री कार्की २२ असारमा सर्वोच्च पुगेका थिए ।
९३ सांसद रहेको कोशीमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा थापाले ४७ जनाको बहुमत देखाएका थिए ।
अब कोशीमा ७ दिनभित्र नयाँ सरकार बनाइसक्नु पर्ने छ । त्यसो नभए ठूलो दलको हैसियतमा हिक्मत कार्की नै मुख्यमन्त्री बन्नेछन् ।




